नेप्से परिसूचक झिनो अङ्कले घट्यो, कारोबार रकम भने बढ्यो

२०८१ जेठ २४ गते

नेप्से परिसूचक झिनो अङ्कले घट्यो, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक झिनो अंकले घटेको छ । यस दिन नेप्से १.९३ अंकले घटेर २०७७.७८ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.०९ प्रतिशतले घटेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य पाँच वटा उपसमूहको परिसूचक बढेको छ भने अन्य आठ वटा उपसमूहको परिसूचक घटेका छन् । बिहिबार सर्वाधिक बढ्ने उपसमूहमा व्यापार रह्यो जसको परिसूचक १.९६ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक २.०८ प्रतिशतले घटेको छ ।

Advertisement:

Ad
Ad
नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ९९ करोड २९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३२२ वटा स्टकको ५९ हजार ६ सय ५० पटकको कारोबारमा ४ अर्ब ३८ करोड ४२ लाख रुपैयाँ बराबरको ८८ लाख १३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १०१ वटा कम्पनी बढेका छन् भने १३५ वटा कम्पनी घटेका छन् । यसैगरी ११ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा मिड सोलु हाइड्रोपावर र इमर्जिङ्ग नेपाल लिमिटेड रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा अप्पर माई खोला हाइड्रोपावर रह्यो जसको शेयरमा ६.४० प्रतिशतको गिरावट आएको छ ।

बिहिबार सर्वाधिक रकमको कारोबार गर्नेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेवलपमेन्ट लिमिटेड रह्यो जसको १८ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेवलपमेन्ट लिमिटेड नै रह्यो जसको ३ लाख ६ हजार ३ सय कित्ता शेयर किनबेच भएको छ ।