नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकममा पनि केहि सुधार

२०८१ वैशाख ०९ गते

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकममा पनि केहि सुधार

काठमाडौँ । यस हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.६२ प्रतिशतले बढ्न पुगेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य ११ उपसमूहका परिसूचक बढेका छन् भने अन्य २ उपसमूहको परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्नेमा उत्पादन तथा प्रशोधन उपसमूह रह्यो जसको परिसूचक १.९० प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा म्युचुवल फन्ड उपसमूह रह्यो जसको परिसूचक १.४३ प्रतिशतले घटेको छ ।

Advertisement:

Ad
Ad

नेप्से बढेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन दुई अर्ब नौ करोड ३६ लाख १२ हजार सात सय ९२ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा यस दिन ३१० स्टकको ४७ हजार एक सय १७ पटकको कारोबारमा २ अर्ब २५ करोड ९९ लाख ५९ हजार चार सय ५६ रुपैयाँ बराबरको ६३ लाख ९३ हजार २ सय ४५ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १७६ वटा कम्पनी बढेका छन् भने ६३ वटा कम्पनी घटेका छन् । यसैगरी ६ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा दोल्टि पावर रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा भने पिपुल्स पावर कम्पनी रह्यो जसको शेयर ७.४६ प्रतिशतले घटेको छ ।

आईतबार सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा गुर्खाज फाइनान्स रह्यो जसको १० करोड २१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा सिद्धार्थ इक्विटि फन्ड रह्यो जसको ४ लाख ५ हजार ८ सय ७५ कित्ता शेयर किनबेच भएको छ ।