२०८१ मंसिर १० गते
काठमाडौँ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक १५.८३ विन्दुले बढेर २६८३.२४ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.५९ प्रतिशतले बढेको हो ।
यस दिन नेप्सेका १३ उपसमूहमध्य ११ उपसमूहका परिसूचक बढेका छन् भने अन्य दुई उपसमूहका परिसूचक घटेका छन् । सोमबार सर्वाधिक बढ्ने उपसमूहमा फाइनान्स उपसमूह उत्पादन प्रशोधन रह्यो जसको परिसूचक २.२७ प्रतिशतले बढेको छ । त्यस्तै सर्वाधिक घट्नेमा म्युचुवल फण्ड उपसमूह रह्यो जसको परिसूचक ०. ३२ प्रतिशतले घटेको छ।
नेप्से परिसूचक दोहोरो अंकले बढे पनि सोमबार कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन ७ अर्ब ७२ करोड बराबर शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ६५ हजार ८ सय २४ पटकको कारोबारमा ६ अर्ब ७२ करोड बराबरको किनबेच भएको छ । जसमा १६९ कम्पनीका शेयर बढेका छन् भने ६७ कम्पनीका शेयर घटेका छन् । त्यस्तै, नौ कम्पनीको शेयर भने स्थिर रहेका छन् ।
यस दिन सर्वाधिक बढ्नेमा बेस्ट फाइनान्स र सुपर मादी हाइड्रोपावर रह्यो जसको शेयर समान ९.९१ प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा ङ्गादि ग्रुप पावर रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा ङ्गादि ग्रुप पावर रह्यो जसको ५४ करोड ७ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा पनि ङ्गादि ग्रुप पावर नै रह्यो जसको दश लाख ७७ हजार कित्ता शेयर किनबेच भएको छ।
प्रतिक्रिया