नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम भने घट्यो

२०८१ साउन १० गते

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौँ । हिजो दोहोरो अंकले घटेको शेयर बजारमा आज दोहोरो अंकको बढोत्तरी भएको छ । साताको अन्तिम कारोबार दिन नेप्से ३२ अंकले बढेर २५६८.११ अंकमा बन्द भएको छ ।  बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.२६ प्रतिशतले बढेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य ९ उपसमूहका परिसूचक बढेका छन् भने बाँकि चार उपसमूहका परिसूचक घटेका छन् । बिहिबार सर्वाधिक बढ्नेमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचक ६.८३ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा लगानी उपसमूह रह्यो जसको परिसूचक ०.७३ प्रतिशतले घटेको छ।

Advertisement:

Ad
Ad

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन १६ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३२० वटा स्टकको एक लाख ५९ हजार पटकको कारोबारमा १४ अर्ब १३ करोड रुपैयाँ बराबरको तिन करोड ५५ लाख कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १४३ वटा कम्पनी बढेका छन् भने ९६ वटा कम्पनी घटेका छन् । त्यसै गरि तिन कम्पनी भने स्थिर रहेका छन् । यस दिन सर्वाधिक बढ्नेमा जीवन विकास लघुवित्त, गणपती लघुवित्त, उपकार लघुवित्त, र एसियन हाइड्रोपावर रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा मितेरी विकास बैंक रह्यो जसको शेयरमा ७.६५ प्रतिशतको गिरावट आएको छ ।

बिहिबार सर्वाधिक रकमको कारोबार गर्नेमा सानिमा जेनेरल इन्स्योरेन्स कम्पनी रह्यो जसको ३४ करोड १७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा सिटिजन सुपर ३० म्युचुवल फन्ड रह्यो जसको ११ लाख ४६ हजार कित्ता शेयर किनबेच भएको छ ।