नेप्से परिसूचक बढेर पुनः २७ सय विन्दु माथि, कारोबार रकममा पनि वृद्धि

२०८१ मंसिर २६ गते

नेप्से परिसूचक बढेर पुनः २७ सय विन्दु माथि, कारोबार रकममा पनि वृद्धि

काठमाडौँ। लगातार केहि दिनदेखि घटिरहेको शेयर बजार बुधबार भने ठूलो अंकले बढेको छ । आज नेप्से परिसूचक ४५.८८ विन्दुले बढेर २७१५.७१ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.७१ प्रतिशतले बढेको हो ।

यस दिन नेप्सेका १३ उपसमूहमध्य १२ उपसमूहका परिसूचक बढेका छन् भने बाँकी एक उपसमूहका परिसूचक घटेको छ । बुधबार सर्वाधिक बढ्नेमा बैंक उपसमूह रह्यो जसको परिसूचक ३.४३ प्रतिशतले बढेको छ । त्यस्तै यस दिन एक मात्र घट्ने उपसमूहमा म्युचुवल फण्ड उपसमूहमा रह्यो जसको परिसूचक ०. ३४ प्रतिशतले घटेको छ।

Advertisement:

Ad
Ad

नेप्से परिसूचक बढेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन चार अर्ब ४१ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०८ स्टकको ५६ हजार तीन सय ५० पटकको कारोबारमा पाँच अर्ब ५ करोड बराबरको किनबेच भएको छ । जसमा २११ कम्पनीका शेयर बढेका छन् भने २९ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी तीन कम्पनीका शेयर स्थिर रहेका छन् ।

यस दिन सर्वाधिक बढ्नेमा न्यादि हाइड्रोपावर रह्यो जसको शेयर ९.९७ प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा खानी खोला हाइड्रोपावर कम्पनी रह्यो जसको शेयर ९.९९ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमा जानकी फाइनान्स रह्यो जसको ३६ करोड १५ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा आरएमएफ-२ रह्यो जसको चार लाख ५० हजार कित्ता शेयर किनबेच भएको छ।