नेप्से परिसूचक ५.५८ अंकले घट्यो, कारोबार रकम चार अर्ब भन्दा कम

२०८१ जेठ २३ गते

नेप्से परिसूचक ५.५८ अंकले घट्यो, कारोबार रकम चार अर्ब भन्दा कम

काठमाडौँ । बुधबार नेप्से परिसूचक एकल अंकले घटेको छ । यस दिन नेप्से ५.५८ अंकले घटेर २०७९.७१ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.२६ प्रतिशतले घटेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य चार वटा उपसमूहको परिसूचक बढेको छ भने अन्य नौ उपसमूहको परिसूचक घटेका छन् । बुधबार सर्वाधिक बढ्ने उपसमूहमा म्युचुअल फन्ड रह्यो जसको परिसूचक ४.९२ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा व्यापार उपसमूह रह्यो जसको परिसूचक १.०३ प्रतिशतले घटेको छ ।

Advertisement:

Ad
Ad

नेप्से बढेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ८ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३०६ वटा स्टकको ३९ हजार ७ सय ३६ पटकको कारोबारमा ३ अर्ब ९९ करोड २९ लाख रुपैयाँ बराबरको ८० लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा ८३ वटा कम्पनी बढेका छन् भने १५८ वटा कम्पनी घटेका छन् । यसैगरी ६ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा भगवती हाइड्रोपावर डेवलापमेन्ट कम्पनी रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा अप्पर लोहोरे खोला हाइड्रोपावर रह्यो जसको शेयरमा ५.५१ प्रतिशतको गिरावट आएको छ ।

बुधबार सर्वाधिक रकमको कारोबार गर्नेमा एनआरएन इन्फ्रास्ट्रकचार एण्ड डेवलपमेन्ट रह्यो जसको १९ करोड ३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा सानिमा माई हाइड्रोपावर रह्यो जसको ३ लाख २४ हजार नौ सय ८ कित्ता शेयर किनबेच भएको छ ।