नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५ सय बिन्दु माथि, चाडवाड नजिकिएसँगै कारोबार रकममा गिरावट

२०८१ असोज १४ गते

नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५ सय बिन्दु माथि, चाडवाड नजिकिएसँगै कारोबार रकममा गिरावट

काठमाडौँ। साताको दोस्रो कारोबार दिन शेयर बजारमा ठूलो अङ्कको सुधार आएको छ । यस दिन बजार ४४.४५ अंकले बढेर २५०८.८६ बिन्दुमा बन्द भएको छ ।  बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः १.८० प्रतिशतले बढेको छ ।

नेप्से दोहोरो अंकले बढे पनि कारोबार रकम भने निरन्तर घट्दै गएको छ । चाडवाड नाजिकिएकाले पनि कारोबार रकम घट्दै गएको जानकारहरु बताउँछन् । आइतबार ४ अर्ब ५ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज भने ३१९ स्टकको ५० हजार छ सय ८० पटकको कारोबारमा तीन अर्ब ७१ करोड रुपैयाँ बराबरको ९७ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। जसमा २१० वटा कम्पनीको शेयर बढेको छ भने ३३ वटा कम्पनीको शेयर घटेको छ । त्यस्तै एक कम्पनीको शेयर भने स्थिर रहेको छ ।

Advertisement:

Ad
Ad

सोमबार नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक मात्र घट्ने म्युचुवल फण्ड उपसमूहको परिसूचक ०.६० प्रतिशतले घटेको छ । यस दिन सर्वाधिक वृद्धि हुने उपसमूहमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक ४.१९ प्रतिशतले बढेको छ ।

आज सर्वाधिक बढ्ने स्टकमा सीइडीबि हाइड्रोपावर रह्यो जसको शेयर दश प्रतिशतले वृद्धि भएको छ । त्यस्तै सर्वाधिक घट्नेमा प्रभु सेलेक्ट फण्ड रह्यो जसको शेयरमा ९.३६ प्रतिशतको गिरावट आएको छ ।

सोमबार सर्वाधिक रकमको कारोबार गर्नेमा सीइडीबि हाइड्रोपावर रह्यो जसको १७ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा सिटिजन सुपर ३० म्युचुवल फण्ड  रह्यो जसको १२ लाख १४ सय कित्ता शेयर किनबेच भएको छ ।