एकल अंकको वृद्धिसंगै नेप्से परिसूचक २७०० विन्दुमाथि, ९ अर्ब १४ करोडको कारोबार

२०८२ असार १९ गते

एकल अंकको वृद्धिसंगै नेप्से परिसूचक २७०० विन्दुमाथि, ९ अर्ब १४ करोडको कारोबार

काठमाडौँ।  साताको अन्तिम कारोबार दिन शेयर बजारमा एकल अंकको वृद्धि भएको छ।  आज शेयर बजार ९.१४ अंकले बढेर २७०३.९६ बिन्दुमा पुगेको छ। यस दिन २ करोड ४९ लाख कित्ता खरिद विक्री हुँदा ९ अर्ब ६४ करोड बराबर रकमको कारोबार भएको छ।  

बिहिबार नेप्सेका १३ उपसमूह मध्य ८ उपसमूहका परिसूचक बढेका छन् भने अन्य पाँच उपसमूहको परिसूचक घटेका छन्। आज सर्वाधिक बढ्ने उपसमूहमा फाइनान्स उपसमुह रह्यो जसको परिसूचक ४.०९ प्रतिशतले बढेको छ। त्यसैगरी सर्वाधिक घट्ने उपसमूहमा व्यापार उपसमूह रहेको छ जसको परिसूचक १.२९ प्रतिशतले घटेको छ। 

Advertisement:

Ad
Ad

यस दिन १२२ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने १२५ कम्पनीको शेयर मूल्य घटेको छ। बिहिबार कारोबार रकमको आधारमा सर्वाधिक कारोबार हुनेमा बुटवल पावर कम्पनी रह्यो ३१ करोड ६८ लाख बराबरको शेयर किनबेच भएको छ। त्यस्तै शेयर भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयर रह्यो जसको १४ लाख १७ हजार कित्ता आज कारोबार भएको छ।