२०८० फागुन २३ गते
काठमाडौं । नेपालमा होन्डा मोटरसाइकलको एसेम्ब्लिङ सुरु भएको छ । होन्डा मोटरसाइकलका मुख्य बिजनेस युनिटका भाइस-प्रेसिडेन्ट मिनोरु काटोले बुधबार भैरहवामा होन्डा ‘एसेम्ब्लिङ प्लान्ट’ उद्घाटन गरेका हुन् ।
१ अर्ब ५० करोड लगानीमा दुई लाख स्क्वायर फुट क्षेत्रफलमा फैलिएको प्लान्टले वार्षिक एक लाख वटा मोटरसाइकल र स्कुटर उत्पादन क्षमता राख्ने कम्पनीले बताएको छ ।नेपालमा होन्डा विगत ५५ वर्षदेखि विक्री हुँदै आएको छ । यो दुई पाङ्ग्रे सवारीमा नेपालकै सर्वाधिक बिक्री हुनेमध्येको ब्राण्ड हो ।
एसेम्ब्लिङ प्लान्ट स्थापना भएसँगै सहायक कम्पनी हिमाल मोटो प्रालि मार्फत उत्पादनको बिक्री वितरण, पाटपुर्जाको उपलब्धता र सर्भिसिङ सेवा उपलब्ध हुने नेपालका लागि होन्डाको अधिकृत विक्रेता स्याकार ट्रेडिङले जनाएको छ।
प्रतिक्रिया