राष्ट्र बैंकको सर्कुलर : विद्युतीय गाडी विक्रेतालाई आहत, आईसीई विक्रेतालाई राहत

२०८१ फागुन १९ गते

राष्ट्र बैंकको सर्कुलर : विद्युतीय गाडी विक्रेतालाई आहत, आईसीई विक्रेतालाई राहत

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको सर्कुलरले विद्युतीय सवारीसाधनमा दिँदै आएको कर्जा लगानीमा कडाइ गर्दै आईसीई गाडी विक्रेतालाई राहत दिने भएको छ ।

नेपाल राष्ट्र बैंकले केही दिन अघि सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षामा ल्याएको विदुतीय सवारी साधनमा लागू हुने नियमको व्याख्या गर्दै आज सर्कुलर सार्वजनिक गरेको हो । जसमा सबै प्रयोजनका विद्युतीय सवारीमा ६० प्रतिशतमात्रै कर्जा प्रवाह हुने र ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने सर्कुलर सार्वजनिक गरेको हो। यस अघि विद्युतीय गाडीमा ८० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था थियो ।

Advertisement:

Ad
Ad

यो नियमले लामो समयदेखि आईसीई इन्जिन भएका सवारी बिक्रेताको मागलाई थोरै भएपनि सम्बोधन गरेको बुझिएको छ । यसले आईसीई इन्जिन भएका गाडी विक्रीमा सहज हुने अनुमान गरिएको छ ।