नेपालको व्यापार प्रवर्धनमा सहयोग गर्ने रुसको प्रतिबद्धता

२०८० मंसिर २९ गते

नेपालको व्यापार प्रवर्धनमा सहयोग गर्ने रुसको प्रतिबद्धता

काठमाडौँ । रुसले व्यापार प्रवर्द्धनमा नेपाललाई सहयोग गर्ने भएको छ । नेपाल-रुस चेम्बर अफ कमर्स र रुसका व्यापार आयुक्तबीचको छलफलमा नेपालको व्यापार प्रवर्द्धनका लागि रुसले सहयोग गर्ने भएको हो ।

बिहीबार दिउँसो रुसका व्यापार आयुक्त एलेक्जेन्डर एल राइभससँग नेपाल-रुस चेम्बर अफ कमर्सका अध्यक्ष अशोक शेरचनसहितको टोलीले भेटघाट गरेको थियो। कार्यक्रममा रुस निर्यात केन्द्रका प्रमुख टिमुर भेकिलोभ  र  नेपालस्थित रुसी दूतावासका काउन्सिलर एन्ड्रेइ किसेलेन्नको पनि उपस्थित थिए ।

Advertisement:

Ad
Ad

छलफलको क्रममा अध्यक्ष शेरचनले नेपालमा पर्यटन, कृषि, उर्जा र व्यापारमा ठूलो संभावना रहेको भन्दै लगानीका लगि आग्रह गरेका थिए । उनले नेपालमा उर्जा, पर्यटन, व्यापार क्षेत्रमा लगानी अभिवृद्धि आवश्यक रहेको भन्दै यसबाट चाँडो प्रतिफल पनि आउने बताए ।