२०८० चैत २६ गते
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएकोले केहि समय अघि आवेदन खुलाइएको थियो । अहिले उक्त पदमा आवेदन दिएकामध्ये पाँच जनाको नाम छनाेट भएको छ ।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ नेतृत्वको समितिले आइतबार ५ जनालाई अन्तर्वाताको लागि सिफारिस गरेको हो । जसमा कृष्णबहादुर कार्की, चीरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठ छनाेट भएका हुन् ।
छनाेटमा परेका मध्ये कार्की नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत, चापागाईं बीमा समितिका पूर्वअध्यक्ष, अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् ।
छनाेटमा परेका मध्येबाट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिने छ । ती तीनमध्ये एक जनालाई मन्त्रिपरिषद्ले चार वर्षका लागि धितोपत्र बोर्ड अध्यक्ष नियुक्त गर्ने छ ।
प्रतिक्रिया