नयाँ बर्षको पहिलो दिन सुनको भाउमा भारी बृद्धि, कति पुग्यो मूल्य ?

२०८१ पुस १७ गते

नयाँ बर्षको पहिलो दिन सुनको भाउमा भारी बृद्धि, कति पुग्यो मूल्य ?

काठमाडौ । बुधबार सुनको भाउमा बृद्धि भएको छ । आज सुन तोलामा १४ सय रुपैयाँले बढेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १४ सय रुपैयाँले बढेर १ लाख ५१ हजार रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार छापावाल सुनको भाउ १ लाख ४९ हजार ६०० रुपैयाँ रहेको थियो । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार चाँदीको भाउ प्रतितोला १७ सय ६५ रुपैयाँ कायम छ । यसअघि मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो ।

Advertisement:

Ad
Ad