विदेशी मुद्राको विनिमय दर : मलेसियन रिङ्गेटको मूल्य ३१.८५ रुपैयाँ, कतारी रियालको ३६.९८ रुपैयाँ अरु देशको कति ?

२०८२ वैशाख २४ गते

विदेशी मुद्राको विनिमय दर : मलेसियन रिङ्गेटको मूल्य ३१.८५ रुपैयाँ, कतारी रियालको ३६.९८ रुपैयाँ अरु देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज(बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार,आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ८० पैसा र बिक्रीदर १३५ रुपैयाँ ४० पैसा कायम भएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपैयाँ १४ पैसा र बिक्रीदर १८० रुपैयाँ ९४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६३ रुपैयाँ ४० पैसा र बिक्रीदर १६४ रुपैयाँ १३ पैसा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रुपियाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७रुपैयाँ ५८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ ।

Advertisement:

Ad
Ad

त्यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ  ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३६ रुपैयाँ १० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा कायम भएको  छ ।
राष्ट्र बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ७० पैसा र बिक्रीदर ३६ रुपैयाँ ८६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९९ पैसा,साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७६ पैसा र बिक्रीदर नौ रुपैयाँ ८१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४ रुपैयाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ४६ पैसा र बिक्रीदर २० रुपैयाँ ५५ पैसा तोकिएको छ ।

यस्तै,हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७ रुपैयाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४३९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४४१ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५९ रुपैयाँ १४ पैसा, ओमनी रियाल एकको खरिददर ३५० रुपैयाँ १३ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ६९ पैसा तोकिएको छ ।