सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२०८२ वैशाख २३ गते

सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ।  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८९ हजार ९०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६५ मा बेचबिखन भइरहेको छ । 

Advertisement:

Ad
Ad

गत आइतबार प्रतितोला सुन रु एक लाख ८४ हजार १०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९१० मा खरिदबिक्री भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन  तीन हजार ३५७ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।