२०८२ जेठ ०७ गते
काठमाडौं । नागढुङ्गा–नौबिसे सडकखण्ड जेठ १० गतेदेखि २५ गतेसम्म दिउँसो साढे ४ घण्टा बन्द गरिने भएको छ ।
उक्त सडकखण्ड निर्माणका लागि आवतजावत बन्ददगर्न लागिएको हो । यसअघि वैशाख २२ देखि ३१ गतेसम्म रातिको समयमा मात्र बन्द गरेर काम हुँदै आएकोमा अब दिउँसोमा समेत बन्द गरेर काम गर्न लागिएको हो ।
नागढुंगादेखि नौबिसे सडकखण्डको मोड सुधार गरेर फराकिलो बनाउने र पिच गर्ने काम भइरहेको छ । सडक निर्माण आयोजनाले यसअघि रातिको समयमा भत्काउने काम भएको र प्राविधिक रुपमा गर्नुपर्ने निर्माणको काम दिउँसो नै गर्नुपर्ने भनेपछि सडक बन्द गर्न लागिएको हो ।
त्यसैले विकल्पको रुपमा धार्के–सितापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ ।
बन्दको समयमा काठमाडौंबाट जाने सवारीसाधनहरु नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधनहरु खानीखोलामा रोकिने छ ।
प्रतिक्रिया