२०८१ मंसिर १० गते
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको मंसिर १७ गतेसम्म कयाम सेयरधनीले हकप्रद सेयर खरिद गर्न पाउने भएका छन् । शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको ङादीले मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मंसिर ९ गते कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेवोन) ले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै कम्पनीले मंसिर १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । हकप्रद शेयर निष्कासनको मिति भने कम्पनीले तय गर्न बाँकी छ ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९३ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर विक्रीबाट प्राप्त रकम आयोजनाको मर्मतसम्भार, ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्ने जानकारी कम्पनीले दिएको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ कायम छ । शतप्रतिशत हकप्रद शेयर निष्कासनपछि कम्पनीको पूँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ कायम हुनेछ । यो हकप्रद शेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ ।
प्रतिक्रिया