कतारले उपहारमा दिएको ४० करोड डलरको नयाँ जहाज, ट्रम्पले भने-यो विश्वकै बिलासी बनेको छ

२०८३ असार ०६ गते

कतारले उपहारमा दिएको ४० करोड डलरको नयाँ जहाज, ट्रम्पले भने-यो विश्वकै बिलासी बनेको छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतार सरकारले उपहारस्वरूप दिएको करिब ४० करोड अमेरिकी डलर मूल्यको नयाँ राष्ट्रपतीय विमान सार्वजनिक गरेका छन्।

शुक्रबार जोइन्ट बेस एन्ड्र्युजमा विमानको अवलोकन गरेपछि ट्रम्पले यसको डिजाइन, रंग र भित्री सजावट आफ्नो रुचिअनुसार रहेको बताएका छन्। उनले विमानलाई “विश्वकै सबैभन्दा विलासी विमान” को संज्ञा दिएका छन्।

Advertisement:

Ad
Ad

नयाँ विमानमा पुरानो हल्का नीलो रङ हटाएर गाढा नीलो, सेतो र रातो धर्कायुक्त डिजाइन अपनाइएको छ। विमानको भित्री भागमा उच्चस्तरीय काठको प्यानलिङ, सुनौलो बत्ती तथा पूर्ण रूपमा ढल्किन सक्ने छालाका सिटहरू राखिएका छन्।

सन् १९९० देखि प्रयोग हुँदै आएका दुई पुराना एयर फोर्स वन विमानको विकल्पका रूपमा यो विमान प्रयोगमा ल्याउन लागिएको हो। अमेरिकी वायुसेनाले विमानले चाँडै अन्तिम परीक्षण उडान सुरु गर्ने जनाएको छ।

ट्रम्पले आगामी जुलाई ४ मा अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसका अवसरमा नयाँ विमान प्रयोग गर्ने इच्छा व्यक्त गरेका छन्।