बाढीले बगाएको नेपाल-चीन जोड्ने रसुवा-केरुङ मितेरी पुल चीनले बनाइदिने

२०८३ असार ०७ गते

बाढीले बगाएको नेपाल-चीन जोड्ने रसुवा-केरुङ मितेरी पुल चीनले बनाइदिने

काठमाडौँ । गत वर्ष २०८२ असारको अन्तिम साता तिब्बततर्फबाट आएको बाढीले बगाएको नेपाल(चीन जोड्ने रसुवा-केरुङ मितेरी पुल चीनले बनाइदिने भएको छ।

यसका लागि चीनले परराष्ट्र मन्त्रालयमार्फत पूर्वाधार विकास मन्त्रालयमा प्रस्ताव पेस गरेको हो।

Advertisement:

Ad
Ad

रसुवा(केरुङ मितेरी स्थायी पुल निर्माण गर्न चीनबाट परियोजना कार्यान्वयन सम्झौता प्रस्ताव आएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । सो प्रस्तावको अध्ययन गरेर कानुन मन्त्रालयको राय लिइसकिएको छ भने उक्त विषय अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई जानकारी गरिएको छ।

पुलको नाम, ठाउँको नामलगायत केही प्राविधिक विषयमा सुधार गर्नुपर्ने देखिएकाले परियोजना कार्यान्वयन सम्झौता प्रस्तावमा सुधार गर्न अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिएको बताइएको छ।


रसुवा-केरुङ मितेरी पुल चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुनेछ। अहिले परियोजना कार्यान्वयन सम्झौता प्रस्ताव मात्र आएकाले पुल कस्तो प्रकृतिको हुने भन्ने विषय डिजाइन स्वीकृत भएपछि मात्र खुलाइने छ ।