२०८३ साउन २८ गते
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको नाफा ६०.६८ प्रतिशतले बढेको हो।
बैंकको खुद ब्याज आम्दानी पनि १७.८५ प्रतिशतले बढेर ११ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १० अर्ब १५ करोड ४० लाख रुपैयाँ थियो। त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी ८.३४ प्रतिशतले बढेर १ अर्ब ६३ करोड ४२ लाख रुपैयाँ पुगेको छ।
बैंकको कुल सञ्चालन आम्दानी १४.१९ प्रतिशतले बढेर १५ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ। यस्तै, सञ्चालन नाफा ६४.२६ प्रतिशतले वृद्धि हुँदै ६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ पुगेको छ।
बैंकले समीक्षा अवधिमा ८४ करोड ७९ लाख रुपैयाँ इम्पेरमेन्ट चार्जका रूपमा छुट्याएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो चार्ज २ अर्ब २३ करोड ४४ लाख रुपैयाँ थियो। इम्पेरमेन्ट चार्जमा आएको उल्लेख्य कमीले पनि बैंकको नाफा वृद्धिमा टेवा पुगेको देखिन्छ।
बैंकको ग्राहक निक्षेप ३७.११ प्रतिशतले बढेर ६ खर्ब ८६ अर्ब १३ करोड ५६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकसँग ५ खर्ब ४ अर्ब १४ करोड ६८ लाख रुपैयाँ निक्षेप थियो। यस्तै, ग्राहकलाई प्रवाह गरेको कर्जा तथा सापटी १३.६० प्रतिशतले बढेर ३ खर्ब ३२ अर्ब ८ करोड ३५ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २९ रुपैयाँ १४ पैसा पुगेको छ। अघिल्लो वर्ष ईपीएस १८ रुपैयाँ १४ पैसा थियो। यसअनुसार बैंकको ईपीएसमा ११ रुपैयाँले वृद्धि भएको छ। बैंकको वितरणयोग्य नाफा भने १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा ८५ करोड ३ लाख रुपैयाँ ऋणात्मक थियो। वितरणयोग्य प्रतिसेयर आम्दानी पनि ६ रुपैयाँ ८९ पैसा पुगेको छ।
बैंकको आधार दर ४.२२ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष आधार दर ४.८९ प्रतिशत थियो। त्यस्तै, ब्याजदर स्प्रेड ३.३७ प्रतिशतमा कायम भएको छ, जुन अघिल्लो वर्षको ३.७५ प्रतिशतभन्दा कम हो।
बैंकको खराब कर्जा (एनपीएल) भने सामान्य बढेर ३.९५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ३.७९ प्रतिशत थियो। यस्तै, कर्जा–निक्षेप अनुपात ५०.८७ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ६२.३९ प्रतिशत थियो। राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७४ लाख रुपैयाँ रहेको छ भने रिजर्भ तथा सरप्लस ४० अर्ब ४५ करोड ५ लाख रुपैयाँ पुगेको छ। रिजर्भ तथा सरप्लस अघिल्लो वर्षको तुलनामा १०.७० प्रतिशतले बढेको छ।
प्रतिक्रिया