मार्च महिनामै एक लाख २८ हजार बढी पर्यटक भित्रिए,कुन देशबाट कति

२०८० चैत १९ गते

मार्च महिनामै एक लाख २८ हजार बढी पर्यटक भित्रिए,कुन देशबाट कति

काठमाडौं । नेपालमा बिस्तारै पर्यटनले लय समाउन थालेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार सन् २०२४ को तेस्रो महिना अर्थात मार्च महिनामै मात्र एक लाख २८ हजारभन्दा १सय ६७ पर्यटक नेपाल भित्रिएका छन् ।

पर्यटन बोर्डका अनुसार सन् २०२३ को सोहि अवधिको तुलनामा यस वर्षको जनवरीमा २८ हजारले बढी पर्यटक भित्रिएका हुन् । गत वर्षको मार्च महिनामा ९९ हजार ४२६ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

Advertisement:

Ad
Ad

सन् २०२४ को मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक ३० हजार ६९८ जना नेपाल आएका छन् । त्यस्तै, यस महिना चिनियाँ पर्यटक १२ हजार ९३ जना आएका छन् भने अमेरिकी पर्यटक १० हजार ७६३ र युकेबाट ७ हजार २४१ जना पर्यटक नेपाल आएका छन् ।

मार्च महिनामा श्रीलंकाबाट ५ हजार ७४१, जर्मनबाट ५ हजार २५५, थाइल्याण्डबाट ४ हजार ५६७, अष्ट्रेलियाबाट ४ हजार ३४५, फ्रान्सबाट ३ हजार २४० जना र म्यानमारबाट ३ हजार १३१ जना विदेशी पर्यटक नेपाल आएका छन् ।