मन्चमा झोँकिएर नबोली हिँडेका माओवादी नेता नारायणकाजीले मागे माफी

२०८१ फागुन १३ गते

मन्चमा झोँकिएर नबोली हिँडेका माओवादी नेता नारायणकाजीले मागे माफी

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सोमबार झापामा आयोजित एक आमसभामा आफूबाट भएको व्यवहारप्रति माफी मागेका छन् ।

हुलाकी राजमार्ग केन्द्रित अभियान उद्घाटन समारोहका क्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठ कार्यक्रम सञ्चालक बोल्ने बेलामा अगाडि उभिएको भन्दै नबोली फर्किएका थिए । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सोमबारको उक्त घटनापछि आज चितवनमा आयोजित एक कार्यक्रममा पुगेर श्रेष्ठले आफ्नो व्यहारप्रति माफी मागेका छन् ।

Advertisement:

Ad
Ad

आफू बोल्न लाग्दा उद्घोषकले मनोवैज्ञानिक दवाब दिएजस्तो महसुश भएकाले आक्रोशित हुन पुगेको यद्यपि उक्त घटनालाई लिएर आत्मसमीक्षा गरेको सार्वजनिक रुपमा माफी मागेको श्रेष्ठले बताएका छन् ।