मन्त्रिपरिषद्का १० निर्णयः विश्व बैंकको १० मिलियन डलर अनुदान स्विकार गर्न वार्ता टोली गठन गर्ने , अरु के- के छन् ?

२०८२ साउन ०७ गते

मन्त्रिपरिषद्का १० निर्णयः विश्व बैंकको १० मिलियन डलर अनुदान स्विकार गर्न वार्ता टोली गठन गर्ने , अरु के- के छन् ?

काठमाडौं । सरकारले मन्त्रिपरिषद्का २०८२ साउन ४ गतेका निर्णयहरू सार्वजनिक गरेको छ ।  सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ्ले आइतबारको बैठकको १० वटा निर्णयहरु सार्वजनिक गरेका हुन् । 


बैठकले विश्व बैंकको १० मिलियन डलर अनुदान स्विकार गर्न वार्ताटोली गठन गर्ने  निर्णय गरेको छ । चीन सरकारबाट बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्नेसम्बन्धी लेटर अफ एक्सचेन्जमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ । 

Advertisement:

Ad
Ad


यस्ता छन निर्णय
१. २०८२ साउन १३ देखि १५ गतेसम्म भुटानको राजधानी थिम्पुमा आयोजना हुने दक्षिण एसियामा कृषि(खाद्य प्रणालीको दिगो रूपान्तरणको लागि कृषि पारिस्थितिक दृष्टिकोणको प्रवर्द्धन कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका माननीय सदस्य श्री गंगादत्त अवस्थीलाई स्वीकृति प्रदान गर्ने ।

२.चीन सरकारबाट बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्नेसम्बन्धी  लेटर अफ एक्सचेन्जमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने । 
३. विश्व बैंकबाट विकास प्रभावकारिताको लागि सार्वजनिक वित्त परियोजनाका । लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैङ्कसँग वार्ता गर्न अर्थ मन्त्रालयका । सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने ।
४.२०८२ साउन ८ देखि १० गतेसम्म चीनको शाङडोङ प्रान्तमा आयोजना हुने २०२५ खाद्य नोक्सानी र फोहोर न्यूनीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्मालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

५.२०८२ साउन १२ र १३ गते इथियोपियामा आयोजना हुने दोस्रो संयुक्त राष्ट्रिय खाद्य प्रणाली शिखर सम्मेलन स्टकटेक मा कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारीलाई सहभागी हुन  स्वीकृति प्रदान गर्ने ।

६. २०८२ साउन ६ गते नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत गृह सचिवस्तरीय बैठकमा नेपालको तर्फबाट गृह सचिव श्री गोकर्णमणि दुवाडी नेतृत्वको प्रतिनिधिमण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने ।
७. भारतीय सेनाले आयोजना गर्ने डुरान्ड कप फुटबल प्रतियोगिताको
१३४ औ सस्करणको  उद्घाटन  र नेपाली सेनाको फुटवल टिमको ओपनिङ म्याचमा २०८२ साउन ७ र ८ गते सहभागी हुन नेपाली सेनाका उपरथी ध्रुवप्रकाश शाहलाई स्वीकृति दिने । 
८.नेपाली सेनाका एक जना सहायक रथीलाई अवकाशपूर्व उपरथी दर्जामा मानार्थ बढुवा गर्ने ।
९.२०८२ साउन ७ देखि १५ गतेसम्म जिम्बावेमा आयोजना हुने  15 th meeting to the conference of the contracting parties to the convention on wetlands  कार्यक्रममा सहभागी हुन वन तथा । वातावरण राज्यमन्त्री माननीय रूपा वि.क. लाई स्वीकृति प्रदान गर्ने
 र 
१०. नायवमहान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले २०८२/४/२ देखि लागू हुने गरी पेश गर्नुभएको स्वैच्छिक अवकाश स्वीकृत गर्ने ।