मनकामना केबुलकार ५० दिन बन्द रहने

२०८१ असार ०२ गते

मनकामना केबुलकार ५० दिन बन्द रहने

गोरखा।  मनकामना केबुलकार ५० दिन बन्द हुँदैछ । असार ३१ गतेदेखि करिब ५० दिन केबुलकार सेवा बन्द गरिन लागिएकाे हाे । केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्य गर्न केबुलकार बन्द गरिने  मनकामना दर्शन प्रालिले जानकारी दिएकाे छ ।

Advertisement:

Ad
Ad

‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको हाे ।

मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार डिजिटल प्रणालीमा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको छ । स्थापनाको २६ वर्षमा मुख्य केबुल तार लट्ठा फेर्न लागिएको उनले बताए । स्तरोन्नति कार्यका लागि दक्ष प्राविधिक अष्ट्रेलियाको डोप्पलमेयर कम्पनीबाट नै आउने उनले जानकरी दिए ।

मनकामना केबुलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ ।