महाशिरात्रीमा आएका साधुसन्तलाई बाटो खर्च दिएर विदा गरियो, एक जनाले कति पाए ?

२०८१ फागुन १६ गते

महाशिरात्रीमा आएका साधुसन्तलाई बाटो खर्च दिएर विदा गरियो, एक जनाले कति पाए ?

काठमाडौ । महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथमा मेला भर्न आएका साधु सन्तहरुलाई बाटो खर्च स्वरुप दक्षिणा बाँडिएको छ । शुक्रवार वर्गीकरणका आधारमा उनीहरुलाई दुई सय रुपैंयाँदेखि नौं हजारसम्म दक्षिणा प्रदान गरिएको थियो ।

शुक्रबार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेको हो । गुठी संस्थानका सञ्चालक सदस्य कृष्ण प्रसाद रेग्मीले साधुसन्तहरूको वर्गीकरण गर्दै त्यहि अनुसारको दुुई सयदेखि नौं हजार रुपैंयाँसम्मको खर्चको व्यवस्था गरेर बिदाई गरेको जानकारी दिएको छ । उनले भने,‘हामीले साधुहरुलाई विभिन्न वर्गीकरण गरेको छौं । त्यहि अनुसार नै दक्षिणा दिएर बिदाइ गर्दै छौं । दुई सय रुपैयाँदेखि लिएर नौं हजारसम्मको दक्षिणा दिएर बिदाइ गरेका छौं ।’ त्यस्तै उनले साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थानले पहिले गर्ने प्रचन भएतापनि केही वर्षदेखि कोषले पनि आधा खर्च गर्न थालेको बताए । उनले भने,‘शिवत्रात्रिको बेला सम्पूर्ण खानपानदेखि बस्ने र धुनीको व्यवस्था साधु सन्तहरुलाई दक्षिणा दिने र गुठीले बिदाइ गर्ने परम्परा थियो । अहिले कोषले गुठीले दिएको आधा रकम हामी पनि दिन्छौं भनेर उहाँहरुले पनि गर्न लाग्नु भएको छ ।’

Advertisement:

Ad
Ad

परापूर्व कालदेखिनै महाशिवरात्री मेलामा आएका स्वदेशी तथा विदेशी साधुसन्तहरुलाई गुठी संस्थानले खाना, बस्न र बाटो खर्चको व्यवस्था गर्दै आएको छ । बिदाइका क्रममा  साधुसन्तहरुलाई रुद्राक्षको माला समेत लगाइएको थियो ।