महेश बस्नेत भन्छन्, 'ओली निवास निर्माणमा चन्दा उठाइँदैन, गुण्डुवासीको पहलबाट बनाइन्छ'

२०८२ कात्तिक ०८ गते

महेश बस्नेत भन्छन्, 'ओली निवास निर्माणमा चन्दा उठाइँदैन, गुण्डुवासीको पहलबाट बनाइन्छ'

काठमाडौ । नेकपा एमालेका नेता महेश बस्नेतले  पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको लागि बन्ने भवनका लागि चन्दा नउठाउँने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै बस्नेतले  ओलीको लागी बन्ने भवन गुण्डुबासीको पहलमा बन्ने बताएका छन् । 

 

Advertisement:

Ad
Ad

उनी लेख्छन्, 
'गुण्डुबासीहरूको साझा भावना र सम्मानका प्रतीकका रूपमा गुण्डुबासीकै हातबाट, गुण्डुबासीकै मनबाट। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीज्यूको निमित्त बन्ने ओली  निवास हाम्रो आफ्नै गाउँको पहल हो। कतिपय साथीहरुले भावनात्मक हिसाबले चन्दा दिन्छु भन्नुभएको छ। कतिपय मिडियाले चन्दा उठाउँदैछन् भनेर लेखेको रहेछ । चन्दा उठाउने कुनै योजना छैन। कसैसँग पनि चन्दा उठाइँदैन,  यो हाम्रो आत्मीयता, स्नेह र गौरवको प्रतीक हो।साथ, स्नेह र शुभेच्छाका लागि सबैलाई हार्दिक धन्यवाद'