२०८२ असार ११ गते
काठमाडौँ। पतञ्जलि आयुर्वेदलाई अवैध रूपमा जग्गा बिक्रीको अनुमति दिएको आरोपमा विशेष अदालतमा दायर मुद्दामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सुरु भएको छ ।
पूर्वप्रधानमन्त्री नेपाल आज आफैँ विशेष अदालतमा उपस्थित भई बयान दिन पुगेका थिए । अदालतको इजलास नम्बर २ मा न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले नेपालको बयान लिँदै छन्। बयान सकिएपछि थुनछेक बहस सुरु हुने विशेष अदालतले जनाएको छ।
नेपाल प्रधानमन्त्री रहेका बेला पतञ्जलिलाई गैरकानुनी रूपमा जग्गा हस्तान्तरण गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
पूर्वप्रधानमन्त्री नेपालको हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजाय मागदाबी गरिएको छ ।
प्रतिक्रिया