२०८१ साउन २९ गते
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ करोड ५७ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । जलविद्युत कम्पनीमध्येकै सर्वाधिक शेयरमूल्य रहेको कम्पनीले अघिल्लो त्रेमाससम्मको तुलनामा खुद नाफा सामान्य बढाएको हो । अघिल्लो अर्थात तेस्रो त्रैमाससम्म १ करोड ४२ लाख रूपैयाँभन्दा बढी खुद नाफा कम्पनीले गरेको थियो ।
कम्पनीको आम्दानी बढेकाले खुद नाफामा बृद्धि देखिएको हो । तेस्रो त्रैमाससम्म २ करोड ८८ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले चौथो त्रैमाससम्म भने ३ करोड ३७ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको हो । वित्तीय खर्च भने पछिल्लो त्रैमासमा बढेको छ । तेस्रो त्रैमाससम्म ४८ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले चौथो त्रैमाससम्म भने ५९ लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो ।
हाल यस कम्पनीको चुक्तापूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रूपैयाँ छ भने जगेडा कोष रकम ७ करोड ५५ लाख रूपैयाँभन्दा बढी छ । ४ करोड ५८ लाख रूपैयाँभन्दा बढी बैंक कर्जा रहेको कम्पनीको कुल सम्पत्ति २४ करोड ४५ लाख रूपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी १२ रूपैयाँ ९३ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६१ रूपैयाँ ९५ पैसा छ ।
प्रतिक्रिया