किन रद्द भयो बुटवल पावरको एफपिओ ?

२०८१ चैत २५ गते

किन रद्द भयो बुटवल पावरको एफपिओ ?

काठमाडौं । बुटवल पावर कम्पनीले एफपीओ प्रक्रिया रद्द गर्ने निर्णय कम्पनीको सञ्चालक समितिले गरेको छ । म्पनीको चैत २२ गते बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले प्रमियम मूल्यमा १ करोड कित्ता एफपीओ बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । गरी हकप्रद सेयर जारी गर्ने भएको छ ।

अब एफपिओ रद्द गरी हकप्रद सेयर निष्काशन गर्ने निर्णय कम्पनीको बोर्डले गरेको छ । कम्पनीले अब ४० प्रतिशत हकप्रद जारी गर्नेछ । बुटवल पावरको हाल ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँ चुक्ता पुँजी रहेको छ । उक्त पुँजीको ४० प्रतिशतले हुने १ अर्ब ३६ करोड ३६ लाख २५ हजार ८०० रुपैयाँ बराबरको हकप्रद सेयर जारी हुने कम्पनीले जानकारी गराएको छ ।

Advertisement:

Ad
Ad