काठमाडौं, भरतपुर र पोखराको वायु प्रदुषण उच्च

२०८१ वैशाख १७ गते

काठमाडौं, भरतपुर र पोखराको वायु प्रदुषण उच्च

काठमाडौं । चितवनको भरतपुरमा सोमबार वायु अति अस्वस्थकर भएको छ । वातावरण विभागको सूचकांकमा सोमाबर मध्याह्न १२ बजे भरतपुर क्षेत्रको वायुको गुणस्तर एक्यूआई २७८ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, एक्यूआई २०१ देखि ३०० सम्म भएमा वायु अति अस्वस्थकर हुन्छ ।

Advertisement:

Ad
Ad

विभागको सूचकांकअनुसार, सोमबार मध्याह्न काठमाडौं र पोखरामा पनि प्रदूषण उच्च भएको छ । काठमाडौंको शंखपार्कमा १२ बजे एक्यूआई १८१ र पोखरामा १७९ एक्यूआई पुगेको छ । यो वायु पनि अस्वस्थकर मानिन्छ ।