कस्तो छ अर्थमन्त्री र मेयरको स्वास्थ्य अवस्था, राष्ट्रपति पौडेल पुगे कीर्तिपुर अस्पताल

२०८१ फागुन ०४ गते

कस्तो छ अर्थमन्त्री र मेयरको स्वास्थ्य अवस्था, राष्ट्रपति पौडेल पुगे कीर्तिपुर अस्पताल

काठमाडौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुर अस्पतालमा पुगेका छन् । शनिवार पोखरा भ्रमणवर्षको उद्घाटन गर्न पुगेका पौडेल र आचार्य बेलुन पड्किदा जलेर घाइते भएका थिए ।

आगोको ज्वालाबाट घाइते मेयर आचार्यलाई सुरक्षाकर्मी समेतले उद्दार गरी पोखरास्थित फिस्टेल अस्पताल पु¥याइएको थियो । अनुहार र हात जलेर घाइते भएका उपप्रधानमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पुर्याइएको थियो ।

Advertisement:

Ad
Ad

पोखरामा प्राथमिक उपचार गरेका चिकित्सकहरूले दुबैलाई तुरुन्त बर्न अस्पतालमा लैजान सुझाएपछि फिस्टेल एयरको हेलिकोप्टरमा राखेर दुबै जनालाई कीर्तिपुर अस्पतालमा ल्याइएको थियो । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।डाक्टरहरुले उनीहरुको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाएका छन् ।