२०८१ जेठ २७ गते
अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् । पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा अड्किएका हुन् ।
पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको छ ।उक्त घटनापछि हाल प्रशासन र प्रहरी उद्दारका लागि परिचालन गरिएका छन् ।
प्रतिक्रिया