काँग्रेस–एमाले मन्त्रालय भागबन्डा टुङ्गियो, यस्तो छ सहमति-

२०८१ असार ३० गते

काँग्रेस–एमाले मन्त्रालय भागबन्डा टुङ्गियो, यस्तो छ सहमति-

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएसंगै अव बन्ने मन्त्रीहरुको चर्चा सुरु भएको छ । प्रधानमन्त्री ओलीले भोली ११ बजे राष्ट्रपती रामचन्द्र पौडेलबाट शपथ लिने भएपछि दुई दलले मन्त्रालयको पनि टुङ्गो लगाएका छन् ।

एमाले र कांग्रेससहितको नयाँ सरकारमा नेकपामा एमालेले ८ वटा मन्त्रालय पाएको छ । संसदको सबैभन्दा ठुलो दल कांग्रेसले ९ ओटा मन्त्रालय पाएको छ । दुई दलले आजै मन्त्रालय टुङ्गाएर भोली प्रधानमन्त्री ओलीको सपथ प्रश्चात मन्त्रीहरुको पनि सपथ गराइन लागेको हो ।

Advertisement:

Ad
Ad

एमालेले प्रधानमन्त्रीसहित अर्थ, रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा मन्त्रालय पाएको हो ।यस्तै, एमालेको भागमा भूमि व्यवस्था तथा सहकारी तथा गरिवी निवारण मन्त्रलाय, भौतिक पूर्वाधार, सञ्चार र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको छ । यद्यपि, मन्त्रालय टुंगिए पनि एमालेबाट सरकारमा जाने मन्त्रीहरू भने टुंगो लागेको छ ।

त्यस्तै अर्को ठुलो दल नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय लिनेछ ।

मन्त्रालय भागबण्डा टुंगिएको तर व्यक्तिहरु टुंगिनसकेको दुबै दलका नेताहरुले बताएका छन् । सोमबार बिहानसम्म मन्त्रीहरुको पनि नाम टुंगो लगाउने दुई दलको तयारी छ ।

अन्य दलहरुलाई पनि सरकारमा ल्याउन एमाले कांग्रेसले कृषि, युवा तथा खेलकुद, महिला बालबालिका तथा समाजकल्याण र श्रम तथा रोजगार मन्त्रालय खाली राखिएको छ ।