कालिकोटमा जीप दुर्घटना, ११ जनाको मृत्यु

२०८१ कात्तिक २५ गते

कालिकोटमा जीप दुर्घटना, ११ जनाको मृत्यु

जुम्ला । कालीकोटको पलाता गाउँपालिका–३ स्थित राडुकाप्रे खोलामा बोलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । जीप दुर्घटना हुँदा घटनास्थलमै ११ जनाको मृत्यु भएको हो, ९ जना घाइते भएका छन् ।

जीपमा सवार २० जनामध्ये ११ जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए।

Advertisement:

Ad
Ad

उनका अनुसार घटनास्थलतर्फ प्रहरी नेपाली सेना परिचालन गरिएको छ । उद्धारका लागि नेपाल सरकारसँग हेलिकोप्टर माग गरिएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।