कहिलेसम्म कायम सेयरधनीहरुले शिवम् सिमेन्ट्सको सेयर पाउँछन् ?

२०८० पुस १२ गते

कहिलेसम्म कायम सेयरधनीहरुले शिवम् सिमेन्ट्सको सेयर पाउँछन् ?

काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि पुष १९ गते बुकक्लोज गर्ने भएको हो ।

अब पुष १८ गतेसम्म कायम सेयरधनीहरुले कम्पनीको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Advertisement:

Ad
Ad

सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २७ गते शुक्रबार राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा बिहान ९ बजे बस्ने गरी आठौँ वार्षिक साधारण सभा बोलाएको छ।