जानेर–बुझेर नियतबस खराब काम गर्दिन्, जस्तो आएको त्यस्तै फर्किन तयार छुः मन्त्री खरेल

२०८२ असोज ३० गते

जानेर–बुझेर नियतबस खराब काम गर्दिन्, जस्तो आएको त्यस्तै फर्किन तयार छुः मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफू सरकारमा रहेको अवधिभर जानेर बुझेर नियतबस कुनै खराब काम नगर्ने बताएका छन् । 


बिहीबार श्रष्टा सम्मान एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले मन्त्री पदमा बसेको समयमा जानेर–बुझेर नियतबस कुनै खराब काम नगर्ने भन्दै जस्तो आएको त्यस्तै जान पनि तयार भएको बताए ।काम नै नगरेपनि कुनै काम बिगारेको दाग लिएर नजाने पनि उनको भनाई छ । 

Advertisement:

Ad
Ad


उनले भने, ‘जिन्दगीको नयाँ मोडमा आएको छु । विशेष परिस्थितीमा विशेष भूमिकामा आउनुपरेको छ । यति चाहीं भन्न चाहन्छु–कति गर्न सकिएला पाँच महिना माथिको अवधिमा त्यो त थाहा छैन् । तर तपाईहरुलाई साक्षी राखेर भन्छु जानेर–बुझेर नियतबस खराब केही गर्ने छैन् । बरु जस्तो गएको त्यस्तै फर्किने छु । कति गरिस्, कति गरिनस् हिसावकिताव समय गर्ला । तर यति बिगारेर आएर निधारमा लगाएको दागको छिट्टा पर्यो भन्ने अवस्था आउन दिन्न । यो सम्मान ग्रहण गरि राख्दा त्यसको गरिमा राख्ने म प्रयास गर्नेछु ।’ 


यस्तै, उनले कार्यक्रममा उपस्थित श्रष्टाहरुको अगाडि आफू उमेर, अनुभव, विवेक र विचार सबै हिसाबले नयाँ भएको भन्दै श्रष्टाहरुले देखाएको बाटोमा सँधै हिड्न तयार रहेको बताए । 

उनले भने, ‘श्रष्टाहरुको सक्रियताले सधैँ उर्जा दिन्छ । हामीले उमेर, अनुभव, विवेक र विचार सबै हिसाबले तपाईहरुभन्दा नयाँ छौ सिक्दै छौ । त्यसैले यो देशको समृद्धिको लागि साहित्य, कला, संस्कृतिको जर्गेनाको लागि मौलिकतालाई जोगाउने अभियानको लागि जे जसरी यहाँहरु अहोरात्र खटेर लागिराख्नु भएको छ यसले नतमस्तक बनाएको छ । त्यसैले तपाईहरुले डोहोर्याएको बाटोमा सँधै हिड्न सकौं ।’