जेनजी आक्रमणले एनसेलमा ६५ करोडको क्षति

२०८२ मंसिर २२ गते

जेनजी आक्रमणले एनसेलमा ६५ करोडको क्षति

काठमाडौ । जेनजी आन्दोलनले एनसेलमा ६५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आज एनसेलको डाटा सेन्टर अवलोकन गर्दै ६५ करोड बराबरको क्षति भएकोमा दुःख लागेको बताएका छन् ।  

उनलाई एनसेलका अध्यक्ष सतीश लाल आचार्य, प्रमुख कार्यकारी अधिकृत माइकल फोले तथा कम्पनी व्यवस्थापनका अन्य सदस्यहरूले स्वागत गरेका थिए ।

Advertisement:

Ad
Ad


मन्त्री खरेलले सरकारले एनसेललाई सहयोग गर्ने प्रतिवद्धता समेत दिएका छन् । मन्त्री खरेलले दूरसञ्चार क्षेत्रको विकासमा एनसेलको भूमिका र राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याएको योगदानको प्रशंसा समेत गरेका थिए। त्यस्तै, उनले विद्यार्थीहरूका लागि एनसेलले ल्याउन लागेको जेन जी प्याक र हरेक वर्ष १०० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कम्पनीको नयाँ पहलको प्रशंसा समेत गरे ।


नेपालको सबैभन्दा ठूला करदातामध्ये एक एनसेलले गत आर्थिक वर्ष २०८१/८२ सम्ममा कर तथा शुल्क मिलाएर झण्डै ३६० अर्ब रुपैयाँ तिरेकोे छ । कम्पनीले देशभर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब १ लाख रोजगारी सिर्जनामा समेत योगदान पुर्‍याएको छ ।

रोजगारी सिर्जना, सामाजिक आर्थिक विकासमा हातेमालोका साथै डिजिटल नेपालको भिजनमा योगदान पुर्‍याउँदै, एनसेल देशको विकास यात्राको अभिन्न हिस्सा रहँदै आएको छ ।