ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार?

२०८१ वैशाख ०२ गते

ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार?

काठमाडौँ । २०८१ सालको पहिलो कारोबार दिन सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ । आईतबार सुनको मूल्यमा प्रतितोला दुई हजार दुई सय रुपैयाँ र चाँदी को मूल्य प्रतितोला ५० रुपैयाँले घटेको हो ।

Advertisement:

Ad
Ad

२०८० सालको अन्तिम कारोबार दिन शुक्रबार भने सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । आज एक लाख ३६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार रुपैयाँको उच्चस्तरमा पुगेको थियो । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

आईतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले घटेर एक हजार ७०० रुपैयाँमा किनबेच हुँदै छ । शुक्रबार प्रतितोला एक हजार ७५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।