२०८० माघ २१ गते
काठमाडौँ । यस हप्ताको पहिलो कारोबार दिन शेयर बजार झिनो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ५.३१ अंकले घटेर २०६१.७० अंकमा बजार बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.२५ प्रतिशतले घटन पुगेको हो ।
बजारमा आज कारोबार रकम पनि घटेर जम्मा ३.२१ अर्ब बढीको किनबेच भएको छ । जसमा १०४ कम्पनी बढेका छन् भने १३२ कम्पनी घटेका छन् । यसैगरी ११ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । आज शेयर बजार घटे पनि युनाइटेड नेपाल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, यस दिन सर्वाधिक घट्ने कम्पनीमा महिला लघुवित्त रह्यो जसको शेयर ५.३७ प्रतिशतले घटना पुगेको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्सुरेन्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा नेपाल इन्फ्रा स्ट्रकचर बैंक रह्यो ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको हो। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०४ प्रतिशत घटेको छ।
प्रतिक्रिया