भिजिट भिषा प्रकरणमा ज्ञानेन्द्र शाहीको माग : २०६४ सालदेखि १८ बर्षसम्म गृहमन्त्री बनेकाहरुलाई छानबीन हुनपर्छ

२०८२ असार ०५ गते

भिजिट भिषा प्रकरणमा ज्ञानेन्द्र शाहीको माग : २०६४ सालदेखि १८ बर्षसम्म गृहमन्त्री बनेकाहरुलाई छानबीन हुनपर्छ

काठमाडौँ ।  प्रतिनिधी सभा सदस्य एवं राप्रपा नेता ज्ञानेन्द्र बहादुर शाहीले राष्ट्रिय सभा तथा प्रतिनिधी सभाका सांसदहरुबीच एक प्रस्ताव राखेका छन् । उनले जनताले आफ्नो मत दिएर विश्वास गरेर पठाएका सांसदहरु भिजिट भिषा प्रकरणको जरासम्म पुगेर समाधान गर्न २०६४ सालदेखि हालसम्म बहालवाला गृहमन्त्रीह्रुलाई छानबीनको दायरामा ल्याउन एकजुट हुन आह्वान गरेका छन् । उनले एकपटक सबै नेताहरु आफनो दल पार्टी भन्दा माथी उठेर छानबीनका लागि  एकजुट हुन आह्वान गरेका हुन् । 

 

Advertisement:

Ad
Ad

उनले भनेका छन्, बिगत २०६४ सालदेखि १८ बर्षसम्म सम्म नेपालीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बेच्न सहयोग गर्ने पुर्ब गृहमन्त्री कृष्णप्रसाद सिटौला देखि बहालवाला गृहमन्त्री माननीय रमेश लेखक ज्यु लगायत १४ जना गृहमन्त्री ज्युलाई छानबीनमा ल्याउनु नै आजको आवश्यकता हो ।