ग्याँस लाइटरमा अस्वभाविक कर लगाएको भन्दै सहसचिव पौडेल र उपसचिव मैनालीलाई अख्तियारको पत्र

२०८१ भदौ ०४ गते

ग्याँस लाइटरमा अस्वभाविक कर लगाएको भन्दै सहसचिव पौडेल र उपसचिव मैनालीलाई अख्तियारको पत्र

काठमाडौं । भन्सार विभागका पूर्व महानिर्देशक तथा सहसचिव शोभाकान्त पौडेल र तत्कालिन विरगंज सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख तथा उपसचिव रामप्रसाद मैनानीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ । पौडेल र मैनालीको मिलेमतोमा भएको भन्सार मूल्यांकनको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्टिकरण सोधेको हो ।

गत वर्ष ग्यास लाइटरको एक्कासी भन्सार मूल्यांकन बढाएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अन्तर्राष्ट्रिय बजार मूल्य नबढेको अवस्थामा तत्कालिन भन्सार विभागको नेतृत्वले बदनीयतपूर्वक भन्सार मूल्यांकन बढाएको भन्दै उजुरी परेको हो। सोहि उजुरीको आधारमा अख्तियारले अर्थ मन्त्रालय माफर्त पत्र काटेको पाएको छ ।

Advertisement:

Ad
Ad

नेपालमा चीनबाट ग्यास लाइटर आयात भैरहेको थियो । चीनमा लाइटरको मूल्य बढेको समेत थिएन । तर गत वर्ष मंसिरमा भन्सार विभागले भन्सार मूल्यांकन बढाइयो ।

सामान्यत मूल्यांकन बढाउने विषय बजार मूल्यसँग नै सम्बन्धीत हुन्छ । तर पौडेल र मैनालीको मिलेमतोमा भने ग्यास लाइटरको केसमा विभाग र मातहतको कार्यालयले नेपालको आयात निर्यातको व्यवस्थालाई नै धज्जी उडाएर मूल्यांकन बढाएको देखिन्छ ।

यसरी बढाउनुमा नेपालमा चुरोट खाने मान्छे कम भएकोले मूल्यांकन बढाएको उल्लेख भएको कागजातमा देखिएको छ ।

नेपालमा चुरोट खाने कम भैरहेको पाइएको तथा सरकारको आम्दानी समेत कम भैरहेको भन्दै टिप्पणी उठाएर मूल्यांकन बढाइएको कागजात फेला परेको छ । जुन कागजात नै अनौठो देखिएपछि अख्तियारले चासोको साथ पत्र काटेको हो ।