२०८० पुस १२ गते
काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले माघ ५ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । पुस १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बानेश्वर व्याङ्क्वेट, थापागाउँ, नयाँबानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७९र८० को वार्षिक प्रतिवेदन सहित वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । कम्पनीका सञ्चालकको बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । यस वर्ष पनि कम्पनीले लाभांश प्रस्ताव गरेको छैन् ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया