गृहमन्त्रीको सय दिन- पत्रकारको प्रश्न सुनेनन् आफ्ना कुरा राखे हिँडे

२०८१ असार ०१ गते

गृहमन्त्रीको सय दिन- पत्रकारको प्रश्न सुनेनन् आफ्ना कुरा राखे हिँडे

काठमाडौं । गृहमन्त्रालयले एक सय दिनको उपलब्धिको रुपमा पत्रकार सम्मेलन गरेर भए गरेका कामको फेहरिस्त सुनाएको छ । तर उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मन्त्रालयले भए गरेको कामको फेहरिस्त सुनाएपछि पत्रकारका‍े प्रश्नको सामना गर्नै चाहेनन् ।

उनले मन्त्रालयको टिमले गरेको कामको फेररिस्त सुनाएर सकेपछि कार्यक्रम सकिएको घोषणा गरे र हलबाट बाहिरिए । बाहिरिने क्रममा पत्रकारहरुले केही प्रश्नहरु सोध्नुपर्ने बताएको भए पनि उनी चुपचाप बाहिरिए । गृहमन्त्रीसँग दोहोरो सवाल जवाफ पत्रकारको हुन पाएन । आफ्नो सय दिने कार्यकालको उपलब्धि सुनाएका गृहमन्त्रीले प्रश्न सुन्नै चाहेनन् । मन्त्रालयमा राष्ट्रिय परिचयपत्रको कार्यान्वयन, गृह मन्त्रालय छिर्नका लागि इ-पासपोर्ट, अध्यागमन विभागको सुधार र विभिन्न घटनाहरुको अध्ययनका बारेमा भएका प्रगतिहरुबारे ब्रिफिङ गरिएको थियो ।

Advertisement:

Ad
Ad

उपलब्धि सुनाउने क्रममा उनले अनुसन्धानमा भइरहेका कुरा बाहिर ल्याउन नमिल्ने बताए । उनले अब अपराध हुन नदिनका लागि कानुनी सुधारका धेरै पक्षमा काम भइरहेको पनि जिकिर गरे ।

अन्तमा उनले बोलेर नभइ कामले जवाफ दिने बताए । लामिछानेले भने, ‘हामीले जे गर्‍यौं, भयंकर गर्‍यौं । ऐतिहासिक गर्‍यौं भन्ने पक्षमा हामी छैनौं । ऐतिहासिक त अब गर्नुपर्नेछ । सय दिनमा आधार बनाउने काम भएको छ ।’