गृहमन्त्री लामिछानेद्वारा एनजीओको खाजा खाएर कानुन बनाउन नमिल्ने भन्दै बैठक बहिस्कार

२०८१ असार ०२ गते

गृहमन्त्री लामिछानेद्वारा एनजीओको खाजा खाएर कानुन बनाउन नमिल्ने भन्दै बैठक बहिस्कार

काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्य व्यवस्था समितिको बैठक बहिस्कार गरेका छन् ।  छलफलमा एनजीओले खाजाकाे प्रायाेजन गरेकाे विषयमा असहमति जनाउँदै गृहमन्त्रीले बैठक बहिस्कार गरेका हुन् । उनले बहिस्कार गरेसँगै बैठक नै स्थगित भएकाे छ ।

Advertisement:

Ad
Ad

आज बिहान ८ बजे प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको छलफल सुरू हुनुपर्ने थियाे । गृहमन्त्री लामिछाने समय अगाडि नै बैठकमा पुगेका थिए ।

तर मंहगो मूल्यका खाजा बैठकका लागि ल्याइएकाे भन्ने थाहा पाएपछि गृहमन्त्रीले असन्तुष्टि जनाएका थिए । एनजीओले ल्याएकाे खाजाको प्याकेटमा चना, फलफुल, जाम-पाउरोटी, अण्डा, आलु भुजुरी आदि थिए ।

साे विषयमा अन्य सांसदहरू समेतले चासो राखेका थिए । छलफलका क्रममा एनजीओले खाजा स्पाेन्सर गरेकाे र कर्मचारीहरूसमेत सभा कक्षमा उपस्थित रहेको थाहा भएपछि सासंद तथा गृहमन्त्रीले विराेध जनाएका थिए ।

समितिमै एनजीओका कर्मचारीहरू खाजासहित उपस्थित हुनुले ठूलो अर्थ राख्ने भन्दै जनताको हित केन्द्रित रहेर कानुन बनाउन सम्भव नहुने सासंदहरूले बताएका थिए ।

यसगैगरी, गृहमन्त्रीले एनजीओको खाजा खाएर कानुन बनाउने विषय उचित नरहेको र आफू यस्तो छलफलमा नबस्ने भन्दै बैठकबाट निस्किएका थिए ।