२०८० माघ १९ गते
काठमाडौँ । ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका ‘गोल्ड मेडलिस्ट’ उपसचिव प्रमोद नेपाल दोषी ठहर भएका छन् ।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलाशले शुक्रवार उनलाई दोषी ठहर गरेको हो ।
नेपाललाई १ वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना भएको विशेष अदालतका सूचना अधिकारी धनबहादुर कार्कीले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव नेपाललाई ६ लाख घुस रकमसहित नियन्त्रणमा लिएको थियो । पछि उनको गाडीबाट थप साढे १६ लाख रुपैयाँ बरामद भएको थियो ।
प्याराग्लाइडिङको इजाजतपत्र नवीकरणसम्बन्धी काम गरिदिए बापत घुस लिएको आरोपमा नेपालविरुद्ध मुद्दा दायर गरिएको थियो ।
प्रतिक्रिया