२०८१ चैत १० गते
रौतहट । रौतहट गरुडाको मुख्य बजारमा रहेको जयसवाल जनरल स्टोर्स आगलागी हुँदा फेन्सी सामनहरु जलेर नष्ट भएको छ ।गरुडा नगरपालिका वडा नम्बर ४ स्थित बस पार्किङ स्थल नजिकको फेन्सी पसलमा आइतवार विहान करिव साढे १२ बजेको समयमा आगलागी भएको हो । आगोलागीबाट पसलमा राखिएको कपडा, जुत्तालगायतका फेन्सीका सामग्रीहरु काम नै नलाग्नेगरि जलेर क्षति पुगेको छ ।
इलाका प्रहरी कार्यालय गरुडाको टोली आगलागीको घटनाका बारेमा जानकारी पाउनका साथ पुगेको थियो । सुरक्षाकर्मी र स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।विद्युत सर्ट भएर आगोलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । आगालागीको घटनाका बारेमा अनुसन्धान भै रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
आगलागीबाट करिव ४५ लाखको क्षति भएको अनुमान गरिएको छ ।आगलागीबाट भएको क्षतिको बारेमा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थामणि कलवारले स्थलगत निरीक्षण गरेका छन् ।आगलागीबाट धेरै क्षति पुगेकाले यस किसिमको घटना हुन नदिनका लागि आवश्यक सर्तकता अपनाउन उनले सवै व्यापारी बर्गमा आग्रह समेत गरे ।
प्रतिक्रिया