गभर्नर बन्न विश्व पौडेलले दिए सिफारिस समितिबाट  राजीनामा

२०८२ वैशाख २८ गते

गभर्नर बन्न विश्व पौडेलले दिए सिफारिस समितिबाट  राजीनामा

काठमाडौ । गभर्नर बन्न डा. विश्व  पौडेलले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका छन् । अर्थमन्त्रालयले  डा. पौडेलले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएको पुष्टि गरेको छ । अब नेपाली कांग्रेसको कोटाबाट पौडेल गभर्नर बन्ने पक्का पक्कि भएको छ ।

त्यो भन्दा पहिला फेरी पौडेलको ठाउँमा सरकारले सिफारिस समितिका लागि सदस्य नियुक्त गर्नुपर्नेछ । नेपाल राष्ट्र बैंकको गभर्नर पद करिब १ महिनादेखि खाली छ ।कांग्रेसले गभर्नर सिफारिस समितिका सदस्य एवं अर्थविद् डा.विश्व पौडेललाई भावी गभर्नरका लागि अघि सारेको छ । पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं अर्थमन्त्रीका आर्थिक सल्लाहकार भइसकेका व्यक्ति हुन् ।

Advertisement:

Ad
Ad

२०७९ सालको चुनावमा कांग्रेस नेतृ आरजु राणा देउवाको बलियो समर्थनमा चितवनबाट सांसदमा उठेका थिए। तर उनले चुनाव जित्न सकेनन् । हाल उनी काठमाडौँ विश्वविद्यालयमा अध्यापनरत छन् ।