सुदूरपश्चिममा गौरा पर्व धुमधाम मनाईंदै, आज ‘नानी गौरा’

२०८२ भदौ १३ गते

सुदूरपश्चिममा गौरा पर्व धुमधाम मनाईंदै, आज ‘नानी गौरा’

बैतडी। सुदूरपश्चिम प्रदेशभर गौरा पर्वको रौनक छाएको छ। दोस्रो दिन शुक्रबार ‘नानी गौरा’ विभिन्न धार्मिक विधि र पूजाआजासहित मनाइँदैछ।

महिलाले हिजो भिजाइएका बिरुडालाई नजिकका धारा र तलाउमा लगेर धुने र गौरादेवीको पूजा गर्ने परम्परा छ। पौराणिक कथाअनुसार, पार्वतीले शिवलाई प्राप्त गर्न निराहार आराधना गरेपछि यो पर्व मनाउन थालिएको हो।

Advertisement:

Ad
Ad

गौराको मुख्य दिन दुर्वाष्टमी शनिबार पर्दछ। यस दिन महिलाले विशेष ‘दुबधागो’ धारण गर्छन् भने देउडा र विभिन्न परम्परागत खेल खेल्दै उत्सव मनाउने चलन छ।