सञ्चार मन्त्रालयको निर्णय : आजै रातिदेखि लागू हुने गरी फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने

२०८२ भदौ १९ गते

सञ्चार मन्त्रालयको निर्णय : आजै रातिदेखि लागू हुने गरी फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने

काठमाडौँ । सरकारले सञ्चार मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने भएको छ । बिहीबार सञ्चार मन्त्रालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ र मन्त्रालयका अधिकारीहरू, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि सहभागी बैठकपछि उक्त निर्णय लिइएको हो । 


मन्त्रालयका अनुसार आजै रातिदेखि लागू हुने गरी सूचीकरणमा नआएका सामाजिक सञ्जालमाथि रोक लगाउने निर्णय गरिएको हो ।

Advertisement:

Ad
Ad


सरकारले सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सात दिनभित्र अनिवार्य रूपमा सूचीकृत हुन दिएको समयसीमा बुधबार रातिदेखि सकिएको छ । यद्यपि दर्ता प्रक्रियाका लागि फेसबुक लगायतका सामाजिक सञ्जालका आधिकारिक कम्पनीहरु मन्त्रालयको सम्पर्कमा आएका छैनन् ।