एनसेलको १९औँ वार्षिकोत्सव : सार्वजनिक गर्यो एनसेल फाउण्डेसन र एनसेलमा डिस्काउण्ट अफर

२०८१ असोज ०१ गते

एनसेलको १९औँ वार्षिकोत्सव : सार्वजनिक गर्यो एनसेल फाउण्डेसन र एनसेलमा डिस्काउण्ट अफर

काठमाडौ । नेपालमा निजी क्षेत्रको पहिलो जीएसएम सेलुलर टेलिकम्युनिकेसन सेवा प्रदायक एनसेलले १९ वर्ष पुरा गरेको छ । १९ औ वार्षिकोत्सवको अवसर पारेर एनसेलले एनसेल फाउडेन्सन सार्वजनिक गरेको छ । अबदेखि एनसेलले सामाजिक उत्तरदायित्व अन्र्तगतका (सिएसआर) सबै कामहरु यही फाण्डेसनबाट गर्नेछ । एनसेलको सिएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले एनसेलले सीएसआरलाई औपचारिकतामा बदलेको बताइन् । विगत १९ वर्षमा एनसेलले सिएसआर अन्र्तगत रहेर गरेका कामहरु अरु कुनै निजी क्षेत्रबाट हुन नसकेको खड्काको दाबी छ । उनका अनुसार एनसेलले सामाजिक उत्तरदायित्वको काममा हालसम्म २ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । धुलिखेल अस्पतालसँगको सहकार्यमा एनसेलले निभाएको सामाजिक उत्तर दायित्व अविस्मरणिय रहेको उनको भनाई छ । एनसेलको सेवाबाट १ करोड ५० लाख नेपाली प्रत्यक्ष रुपमा लाभान्वित भएको एनसेलले जनाएको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रबन्ध सञ्चालक जाब्बोर कायुमोभले एनसेलले नेपालमा नाफाको मात्र ब्यापार नगरी सेवा भावले समेत काम गरेको बताए । उनले भुकम्पको बेला प्रधानमन्त्री राहत कोषमा सबैभन्दा बढी रकम जम्मा गरेको स्मरण गर्दै भने, ‘एनसेलले नाफा अर्थात पैसाको व्यापार मात्र गर्दैन । एनसेल समाज रुपान्तरण र समाजको विकासमा समेत उत्तिकै योगदान गरेको छ । ’स्वास्थ्य सेवामा १५ करोड रुपैयाँ भन्दा बढी खर्च गरेको एनसेलले ७५ हजार भन्दा बढी विद्यार्थी लाभवान्वित हुनेगरी शिक्षा क्षेत्रमा खर्च गरेको जनाएको छ ।

Advertisement:

Ad
Ad

एनसेल एपबाट सधै अन प्याक किन्दा १९ प्रतिशतसम्म छुट

एनसेलले वार्षिकोत्सवकै अवसरमा विभिन्न प्याकेजहरु पनि सार्वजनिक गरेको छ । फरक क्षमता भएकाहरुका लागि ५० प्रतिशत छुटमा सधै अन प्याक ल्याएको छ । यो प्याकमा आजिवन छुट हुने कम्पनीले जनाएको छ । यस्तै वार्षिकोत्सवको अवसरमा एनसेल एपबाट सधै अन प्याक किन्दा १९ प्रतिशतसम्म छुट हुने योजना सार्वजनिक गरेको छ ।

आजभन्दा १९ वर्ष अघि २००४ मा स्थापना भएर २००५ देखि निजी तवरबाट दूरसञ्चारको क्षेत्रमा औपचारिक रुपमा बजार प्रवेश गरेको एनसेल बजारमा प्रवेश गर्दा मोबाइल प्रयोकर्ता जम्मा ६ प्रतिशत मात्रै थिए । प्रारम्भिक चरणमा २००४ मा एनसेल मेरो मोबाइलको नामबाट परिचित थियो । त्यसको चार वर्षपछि यसलाई टेलिया कम्पनीले खरिद गरेर एनसेलको नामबाट ब्रान्ड बनायो ।

टेलिया कम्पनी पहिले स्विडेनको टेलिया सोनेरा थियो । २०१० देखि भने एनसेलको नामबाट यसको ब्रान्ड बन्यो । २०१६ को अप्रिल १२ मा यो एक्जियाटा ग्रुपको एक भाग बन्यो । २०२० को अगस्ट ३ मा यो पब्लिक लिमिटेड कम्पनी बन्यो र एनसेल एक्जियाटा लिमिटेड बन्यो ।

हालसम्म नेपाल सरकारलाई ३२ अर्ब रुपैयाँ कर

एनसेलले देशको एक सबैभन्दा ठूला करदाताका रुपमा अर्थतन्त्रमा प्रभावकारी योगदान दिँदै स्थापनाकालदेखि आर्थिक वर्ष २०८०/८१ सम्ममा सरकारलाई कर तथा गैरकर गरी रु ३२० अर्ब भन्दा बढी राजस्व तिरिसकेको छ आर्थिक वर्ष २०८०/८१ मा मात्र कम्पनीले २० अर्ब भन्दा बढि विभिन्न कर तथा शुल्कहरु अन्तर्गत सरकारलाई तिरेको छ ।

प्रत्यक्ष, अप्रतक्ष्यगरि करिब २५,००० जनालाई रोजगारी प्रदानगर्दै आएको छ । एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा व्यावसायिक सामाजिक जिम्मेबारी अन्तर्गत २ अर्ब भन्दा बढी योगदान गरि सामाजिक विकासका लागि काम गरेको छ ।